नेपाल एसियन गेम्स क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एसियन गेम्स क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश


असोज १४, काठमाडौं । नेपाल चीनको हाङझाउमा जारी १९ औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा भएको खेलमा माल्दिभ्सविरुद्ध १ सय ३८ रनको फराकिलो जित निकाल्दै नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै २ खेलमा चार अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । पहिलो पराजय व्यहोरेको माल्दिभ्स समान खेलबाट २ अंकका साथ दोस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९. ४ ओभरमा ७४ रनमै समेटियो ।

माल्दिभ्सका लागि मुआवियत अब्दुल घनीले ३६, रसम राशिदले अविजित १२ र शियुस फ्रेडले १० रन बनाए ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ६ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, कुशल मल्ल, गुल्सन झा र कुशल भुर्लेलको नाममा समान १ विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५२ रनको अर्धसतकिय योगदान गरे । यसैगरी कुशल मल्लले अविजित ४७, गुल्सन झा र कुशल भुर्तेलले समान ३५ र विनोद भण्डारीले १३ रन बनाए ।

माल्दिभ्सका लागि स्माइल नवाव बादेयुले ३ तथा मोहम्मद रायन थोलाल, स्माइल अली, मोहम्मद माइभान र नाइल स्माइल नासिरले समान १ विकेट लिए ।

सम्बन्धित खवर