एसियन गेम्समा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसियन गेम्समा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने

असोज १५, काठमाडौं । नेपालले एसियन गेम्सको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

क्वार्टरफाइनलको ड्र अनुसार नेपालले भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले मंगलबार बिहान पहिलो क्वार्टरफाइनलको रुपमा भारतसँग खेल्नेछ ।

समूह चरणको दुवै खेलमा शानदार जित सहित क्वार्टरफाइनल पुगेको नेपालको प्रतिद्धन्दी भारत परेको हो ।

क्वार्टरफाइनलमा नेपालले भारतसँग, पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग, श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछ ।

सम्बन्धित खवर