च्याम्पियन्स लिगमा पोर्टोमाथि बार्सिलोनाको जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिगमा पोर्टोमाथि बार्सिलोनाको जित

असोज १८, माङसेबुङ । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टोमागि जित निकालेको छ ।

बुधबार राति भएको समूह एचको खेलमा बार्सिलोनाले पोर्टोमाथि १–० को जित जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीको स्थानमा मैदान छिरेका फेरान टोरेसले गोल गरेका थिए । बार्सिलोनाले यस सिजन च्याम्पियन्स लिगका दुवै खेलमा जित निकालेको छ ।

खेलको अन्तिम समयमा गाभी रातो कार्ड खादै मैदान बाहिरीएपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

बार्सिलोनाका युवा स्टार लामिनी यामलले आफ्नो प्रभावलाई कायमै राखेका छन् । उनी १६ वर्ष ८३ दिनको उमेरमा सुरुआती लाइन अपमा रहेर च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

समूह एचमा बार्सिलोनाले २ खेलमा ६ अंक सहित शीर्ष स्थानमा छ । पोर्टो ३ अंक सहित दोस्रो स्थानमा छ ।

अर्को खेलमा शख्तर डोनेस्कले बेल्जियमको रोयल एन्टवर्पमाथि ३–२ को जित निकालेको छ र अंक तालिकामा तीन अंक जोडेको छ ।

सम्बन्धित खवर