च्याम्पियन्स लिगमा न्युक्यासलसँग पीएसजीको लज्जास्पद हार - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिगमा न्युक्यासलसँग पीएसजीको लज्जास्पद हार

असोज १८, माङसेबुङ । च्याम्पियन्स लिग फुटबलमा न्युक्यासलसँग पेरिस सेन्ट जर्मेन (पीएसजी)को लज्जास्पद हार ब्यहोरेको छ ।

बुधबार राति भएको समूह एफको खेलमा न्युक्यासलसँग ४–१ गोल अन्तरले पीएसजी परजित भएको हो ।

केलियन एमबाप्पे सम्मिलित पीएसजीमाथि न्युक्यासलले घरेलु मैदानमा शानदार जित निकालेको हो ।

न्युक्यासलको जितमा मिगुएल अलमिरोन, डान बर्न, सान लान्गस्टाफ र फेबियान शारले गोल गरेका थिए ।

न्युक्यासलले खेलको १७ औं मिनेटमा मिगुएल अलमिरोनको गोलमा अग्रता लिएको थियो । डान बर्नले ३९ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ५० औं मिनेटमा सान लान्गस्टाफले न्युक्यासललाई ३–० को अवस्थामा पुर्याएका थिए ।

पीएसजीका लुकास हर्नान्डेजले ५६ औं मिनेटमा गोल गर्दै गोलको अन्तरलाई कम गर्ने प्रयास गरेका थिए । तर इन्जुर समयमा फेबियान शारले गोल गर्दै न्युक्यासललाई ४–१ को फराकिलो जित दिलाए ।

पहिलो खेलमा एसी मिलानसँग बराबरीमा रोकिएको न्युक्यासलले पीएसजीसँग तीन अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । सोही समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड र एसी मिलानले गोल रहित बराबरी खेलेका थिए ।

तालिकाको शीर्ष स्थानको न्युक्यासलको ४ अंक छ । पीएसजीको ३ अंक, एसी मिलानको २ अंक र बोरुसिया डर्टमण्डको १ अंक छ ।

सम्बन्धित खवर