एकदिवसीय विश्वकपमा पाकिस्तानको विजयी सुरुवात - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

असोज १९, काठमाडौं । भारतमा जारि आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ ।

शुक्रबार हैदरावादमा भएको खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गर्दै पाकिस्तानले विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा समेटियो ।

बास डी लिडेले ६७ रन बनाएको इनिङ्समा बिक्रमजीत सिंहले ५२ र लोगान भान विकले अविजित २८ रन बनाए । कालिन एकरमेनले १७ र साबिक जुल्फिकारले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

पाकिस्तानका हरिस राफले सर्वाधिक ३, हसन अलीले २ तथा राहिन खान अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र शादाब खानले समान एक एक विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अलआउट भएको थियो । मोहमद रिजवान र सउद शकीलले समान ६८ रन बनाएको इनिङ्समा मोहमद नवाजले ३९ र शादाब खानले ३२ रन बनाएको थिए ।

हरिस राफले १६, इमाम अल हकले १५, साहिन साह अफ्रिदीले नटआउट १३, फकर जमानले १२, इफ्तिकर अहमद ९, बाबर आजमले ५ रनमा आउट भए । हसन अली शुन्य रनमा पोविलियन फर्किएका थिए ।

नेदरल्याण्ड्सका लागि बास डी लिडले सर्वाधिक ४ तथा कालिन एकरमेनले २ विकेट हात पारेका थिए । आर्यन दत्त, लोगान वेन बिक, पाल वेन मिकेरेनले समान एक एक विकेट हात पारे ।

सम्बन्धित खवर