एकदिवसीय विश्वकपमा बंगलादेशको विजयी सुरुवात - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा बंगलादेशको विजयी सुरुवात

असोज २०, काठमाडौं । भारतमा जारि एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

शनिबार धर्मशालामा भएको खेलमा बंगलादेशले अफगानिस्तामाथि ६ विकेटको जित निकालेको हो ।

सुरुवामा ब्याटिङ गरेको अफगानिस्तान १ सय ५६ रनमा अलआउट भएको थियो । ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाउदा इब्राहम जर्दान र अजमतुल्लाह उमरजईले समान २२ रन बनाए ।

रहमत शाह र हशमतुल्लाह शाहिदीले समान १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

बंगलादेशका शाकिब अल हसन र मेहदी हसन मेराजले समान ३ विकेट लिए । सोरिफुल इस्लामले २ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए ।

अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ३४ दशमलव ४ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

नजमुल हुेसन शान्तोले सर्वाधिक ५९ रन बनाउदा मेहदी हसन मेराजले ५७ रनको योगदान गरे ।

ओपनर ताहिद हसन ५ र लिटोन दास १३ रनमा आउट हुदां कप्तान सकिब अल हसन १४ रनमा आउट भए भने मुश्फिकुर रहीम २ रनमा नटआउट रहे ।

अफगानिस्तानका अजमतुल्लाह उमरजइ, नवीन उल हक र फजलहक फारुकीले समान एक एक विकेट लिएका थिए ।

सम्बन्धित खवर