१९ औं एसियन गेम्समा कराँतेमा एरिकालाई रजत पदक - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१९ औं एसियन गेम्समा कराँतेमा एरिकालाई रजत पदक

असोज २०, काठमाडौं । १९ औं एसियन गेम्समा नेपालकी एरिका गुरुङले कराँतेबाट ऐतिहासिक रजत पदक जितेकी छन् ।

शनिबार ६८ केजीको तौल समूहको फाइनलमा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गरेकी एरिका काजकिस्तानकी बेरुल्टसेवा सोफियासँग ३–० ले पराजित हुदैं रजत पदक हात पार्न सफल भएकी हुन् ।

फाइनलमा जित निकाल्दै नेपालकालागि एसियन गेम्समा ऐतिहासिक स्वर्ण पदक हासिल गर्ने अवसरबाट एरिका चुकिन ।

एरिकामाथि जित निकालेसँगै काजकिस्तानकी सोफियाले कुमितेको ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक हात पारिन् ।

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक प्राप्त गरेकी थिईन् । पछिल्लो संस्करणको रुपमा सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको एसियाडमा नेपालको प्याराग्लाइडिङ टिमले ऐतिहासिक रजत पदक हात पारेको थियो ।

चीनमा जारी एसियन गेम्सको अन्तिम समयमा कराँतेबाट नेपालले एउटा रजत पदक प्राप्त गरेको छ ।

यसैगरि नेपालको महिला कबड्डी टिमले बंगलादेशलाई हराएर काँस्य पदक जितेको छ । योसँगै एसियाडमा नेपालले कबड्डीमा काँस्य र कराँतेबाट रजत पदक हात पारेको छ ।

सम्बन्धित खवर