एकदिवसीय विश्वकपमा भारतको शानदार विजयी सुरुवात - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा भारतको शानदार विजयी सुरुवात

असोज २१, काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले शानदार विजयी सुरुवात गरेको छ ।

शनिबार चेन्नेईमा भएको खेलमा केएल राहुल र विराट कोहली चम्किदा भारतले ५ पटकको विश्व विजेता अष्ट्रेलियामाथि ६ विकेटको जित हासिल गरेको हो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय रनको सामान्य लक्ष्य भारतले ४१ दशमलव १ बलमा मात्र ४ विकेटको क्षतीमा पुरा गर्यो ।

भारतका लागि केएल राहुलले अविजित ९७ रनको योगदान गरे । शतक बनाउन तीन रनको चुकेका उनले ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । यस्तै विराट कोहलीले ८५ रनको योगदान गरे ।

रोहित शर्मा र इशान किशनलाई शुन्य रनमा गुमाएर खराब सुरुआत गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए । श्रेयस एयर पनि शुन्य रनमा पोविलियन फर्किए । हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे ।

अष्ट्रेलियाका जोस हेजलउडले सर्वाधिक ३ तथा मिचेल स्टार्सले १ विकेट हात पारे ।

सुरुवाती ब्याटिङ गरेको अष्ट्रेलिया ३ बल बाँकी छदै १ सय ९९ रनमा अलआउट भएको थियो । स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५ रन जोडेका थिए ।

भारतका रबिन्द जडेजाले सर्वाधिक ३ तथा कुलदीप यादव र जसप्रीत बुम्राहाले समान २ विकेट लिए । मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट हात पारे ।

सम्बन्धित खवर