ला लिगामा ग्रानाडासँग बार्सिलोनाको बराबरी - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगामा ग्रानाडासँग बार्सिलोनाको बराबरी

असोज २२, काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा बराबरी खेलेको छ । आईतबार बार्सिलोनाले घरेलु टोली ग्रानाडासँग २–२ गोलको बराबरी खेलेको हो ।

ला लिगाको इतिहासमा १६ वर्ष ८७ दिनका युवा खेलाडी लामिनी यामल सबैभन्दा कम उमेरको गोलकर्ता बनेको खेलमा बार्सिलोनाले ग्रानाडासँग बराबरी खेलेको हो ।

बार्सिलोनाले घरेलु टोली ग्रानाडाको दुई गोलको अग्रतालाई उल्ट्याएर बराबरी बनाउन सफल भएको हो ।

खेलमा अग्रता खेल सुरु भएको १७ सेकेन्डमा ब्रायन जरागोजाको गोलमा घरेलु टोलीले लिएको थियो । उनैले २९ औं मिनेटमा ग्रानाडाको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका युवा खेलाडी यामलले गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरेका थिए । खेल सकिन ५ मिनेट अघि सर्जी रोबर्टोले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए ।

बार्सिलेनाले ९ खेलबाट २१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर