एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डको पहिलो जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डको पहिलो जित

असोज २३, काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा साबिक विजेता इङ्ल्यान्डले पहिलो जित हासिल गरेको छ ।

मंगलबार हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा इङ्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराउँदै गर्दै पहिलो जित हासिल गरेको हो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ३ सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २ सय २७ रनमा अलआउट भयो ।

बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी मुस्फिकर रहिमले ५१, तोविद हृदयले ३९, तस्किन अहमदले १५, मेहदी हसनले १४ र सोरिफुल इस्लामले १२ रन जोडे ।

इङ्ल्यान्डका लागि रिस टोप्लीले ४, क्रिस वोक्सले २ तथा साम करन, मार्क उड, आदिल राशिद र लियम लिभिङस्टोनले समान १ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६४ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि डेविड मलानले १ सय ४० रनको योगदान गरे । यसैगरी जो रुटले ८३, जोनी बेयरेस्टोले ५२, कप्तान जोस बट्लर र ह्यारी ब्रुक्सले समान २०, क्रिस वोक्सले १४ तथा साम करन र आदिल राशिदले समान ११ रन बनाए ।

बंगलादेशका लागि मेहदी हसनले ४, सोरिफुल इस्लामले ३ र तस्किन अहमद र कप्तान साकिब अल हसनले समान १ विकेट लिए ।

जितसँगै इङ्ल्यान्डले २ खेलमा २ अंक जोडेको छ । हार व्यहोरेको बंगलादेशको पनि समान खेलबाट २ अंक नै रहेको छ ।

सम्बन्धित खवर