एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित

असोज २३, काठमाडों । भारतमा जारि एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ ।

ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा पाकिस्तानले श्रीलंकामाथि ६ विकेटको कीर्तिमानी जित हात पारेको हो । पाकिस्तानले विश्वकपमा इतिहासकै सर्वाधिक ठूलो लक्ष्य सफलता पूर्वक पूरा गरेको हो ।

जितको लागि ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा मोहम्मद रिजवान १ सय ३१ रनमा नट आउट रहे । रिजवानको यो ओडिआई करिअरको उच्च प्रदर्शन समेत हो । यसअघि ओडिआईमा रिजवानको उच्च प्रदर्शन २०१९ मा अष्ट्रेलियाविरुद्ध १ सय १५ रन थियो ।

यसअघि विश्वकपमा सबैभन्दा ठूलो योगफल २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो । २०११ को विश्वकपमा ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले खेल टाई गरेको थियो ।

ओपनर अब्दूल्लाह शफिकले १ सय १३ रनको यादगार शतक बनाउदा ओपनर ईमाम उल हकल १२ र बाबर आजमलाई १० रनमै आउट भएका थिए । यस्तै साउद सकिल ३१ रनमा आउट हुदां इफ्तिखर अहमद २२ रनमा नट आउट रहे ।

श्रीलंकाका लागि दिलशान मदुशानकाले दुई, महेश थिक्सना र मथिसा पाथिरानाले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो ।

श्रीलंकाका कुशल मेन्डिसले १ सय २२ रनको विष्फोटक शतकीय इनिङ खेल्दा सदिरा समराविक्रमाले १ सय ८ रन शतकीय इनिङ खेले ।

श्रीलंकाका ओपनर पाथुम निसान्काले ५१ रन बनाउँदा धनञ्जय डी सिल्भाले २५ रन बनाए । कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे । चरिथ असलंकाले एक रन मात्र जोडदा महिश थिकसना शुन्यमा आउट भएका थिए । महिश पाथिराना एक रनमा नटआउट गरे ।

पाकिस्तानका हसन अलीले ४ विकेट लिदा हरिस रौफले २ तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान एक विकेट हात पारे ।

सम्बन्धित खवर