एकदिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

असोज २४, काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा कप्तान रोहित शर्माको कीर्तिमान प्रदर्शनमा भारतले लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा भारतले अफगानिस्तानलाई ८ विकेट पराजित गरेको हो ।

घरेलु टोली भारतले जितका लागि पाएको २७३ रनको लक्ष्य खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर पुरा ग¥यो ।

भारतलाई जिताउने क्रममा कप्तान शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भयो ।

यो रोहितको एकदिवसीय क्रिकेटमा ३१ औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

यसैगरी विराट कोहलीले ५६ बलमा ६ चौकाको मद्दतले अविजित ५५, इशान किसनले ४७ र श्रेयश अय्यले अविजित २५ रन बनाए ।

अफगानिस्तानका लागि दुवै विकेट राशिद खानले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्ताका लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी अज्मतुल्लाह ओमजाइले ६२, इब्राहिम जाद्रनले २२, रहमनुल्लाह गुर्बाजले २१, मोहम्मद नाबीले १९, रहमत शाह र राशिद खानले समान १६ र मुजिब उर रहमानले अविजित १० रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले ४, हार्दिक पान्ड्याले २ तथा शार्दुल ठाकुर र कुलदीप यादवले समान १ विकेट लिए ।

जितसँगै भारतले २ खेलमा ४ अंक जोडेको छ । लगातार दोस्रो पराजय व्यहोरेको अफगानिस्तान अंकविहिन छ ।

सम्बन्धित खवर