विश्वकप छनोटमा लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

असोज २४, काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालले लाओसविरुद्ध खेल्ने टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिसेन्जो अबलेर्टो अनेसले लाओसविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरेका हुन् ।

नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा लाओसविरुद्ध खेल्दैछ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल छन् ।

डिफेन्डर : सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ र एरिक विष्ट छन् ।

मिडफिल्डर : सुदीप श्रेष्ठ, लकेन लिम्बु, आभाष लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी छन् ।

फरवार्ड : अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसब थपलिया, सञ्जिव विष्ट छन् ।

सम्बन्धित खवर