विश्वकप छनोट : आज नेपालले लाओसको सामना गर्दै - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : आज नेपालले लाओसको सामना गर्दै

असोज २५, काठमाडौं । नेपालले विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा लाओससँग प्र्रतिस्पर्धा गर्दैछ ।

आज बिहिबार काठमाडौंको दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुन खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको हो ।

आज हुने खेल पहिलो लेगको खेल हुन लागेको हो । दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ ।

आफुभन्दा तल्लो वरियताका लाओसविरुद्ध उत्रदै गर्दा नेपाल सहज जितको खोजीमा हुनेछ । विश्वकप छनोट जस्तो ठुलो खेल अन्तराष्ट्रिय रुपमा नेपालका लागि सबैभन्दा ठुलो अवसर पनि हो ।

विश्वकप छनोटकै लागि भनेर लामो समयदेखि तयारी गरिरहेको नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विगतभन्दा नेपालले फरक फुटबल खेल्ने दाबी गरेका छन् । उनले नेपाली टिम ट्याक्टिकल र फिजिकल रुपमा निकै बदलिएको दाबी गरेका छन् ।

कप्तान किरण चेम्जोङ समेत लाओसविरुद्ध खेल्न आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् । उनले बिहीबार दशरथ रंगशालामा भरिभराउ दर्शकको अपेक्षा र आह्वान समेत गरेका छन् ।

नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जिव विष्टले पहिलो पटक स्थान बनाएका छन् ।

 

सम्बन्धित खवर