विश्वकप छनोटमा लाओससँग नेपालको बराबरी - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा लाओससँग नेपालको बराबरी

असोज २५, काठमाडौं । नेपालले विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा लाओससँग बराबरी खेलेको छ ।

नेपालले बिहीबार साँझ दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा लाओससँग १–१ गोलको बराबरी खेलेको हो ।

पाहुना टोली लाओसले कप्तान बोनफाचन बौकोङ्गको गोलमा खेलको ३३ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । लाओसका लागि बौकोङ्गले नेपाली डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।

विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने लक्ष्य सहित मैदान उत्रिएको नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा नेपालले अन्जन विष्टको गोलमा खेलको ४७ औं मिनेटमा बराबरी बनाउँदै खेलमा फर्किएको थियो । अन्जनले कर्नर बललाई सदुपयोग गर्दै हेडमार्फत बराबरी गोल गरेका थिए ।

यो सँगै अन्जन विष्टले अन्तराष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान भने बराबरी गरेका छन् ।

नेपालले दोस्रो लेग अब लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा खेल्नेछ ।

सम्बन्धित खवर