राष्ट्रिय टिमबाट नाम फिर्ता लिदैं त्रिकोणात्मक शृंखला नखेल्ने सन्दीपको घोषणा - Mangsebung News
  • आइतबार, जेठ २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रिय टिमबाट नाम फिर्ता लिदैं त्रिकोणात्मक शृंखला नखेल्ने सन्दीपको घोषणा

असोज २६, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले समाजिक सञ्जालमार्फ आफू मानसिक रूपमा तयार नरहेको र परिवारलाई समय दिन चाहेको भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिने घोषण गरेका छन् ।

सन्दीपले कात्तिक १ गतेदेखि १० गतेसम्म नेपालमै हुने त्रिकोणात्मक शृंखला नखेल्ने भएका छन् । उनले सोही कारण राष्ट्रिय क्रिकेट टिमको नागपुर भ्रमण समेत स्थगित गरेका थिए ।

‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु । मलाई लागेको छ कि म आफैलाई पुनर्जीवित गर्नुपर्ने आवश्यक छ । मैले यो समय परिवारसँग बिताउन आवश्यक ठानेको छु, त्यसैगरी नेपाली टोलीबाट नाम फिर्ता लिएको घोषणा गर्दछु,’ सन्दीपले भनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरुप युएई र हङकङ सम्मिलित त्रिकोणात्मक शृंखलाको आयोना गर्दैछ ।

नेपालले कात्तिक १ मा युएईसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । शृंखलाको फाइनल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

सम्बन्धित खवर