विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा रोकियो - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिल बराबरीमा रोकियो

असोज २६, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोटको खेलमा पाराग्वेमाथि १–० को जित निकालेको छ ।

घरेलु मैदानमा अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डि पाउलको पासमा रक्षक निकोलास ओटामेन्डीले गोल गरेका हुन् ।

जितपछि अर्जेन्टिनाले तीन खेलमा सत प्रतिशत नतिजा निकाल्दै शिर्ष स्थानमा रहेको छ । कप्तान लियोनल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

बराबरीमा रोकियो ब्राजिल

फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबारनै ब्राजिल घरेलु मैदानमै भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको छ ।

एरिना पान्टानल रंगशालमा खेलको ५० औं मिनेटमा नेयमारको पासमा गाब्रियल मेगल्हेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो ।

तर खेल सकिन ५ मिनेट बाँकी छँदा जेफरसन साभारिनोको पासमा एडवर्ड बेलोले गोल गर्दै ब्राजिललाई बराबरीमा रोकेको थियो ।

अग्रता जोगाउन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य बन्यो । बराबरीसँगै ३ खेलमा ७ अंक जोडेको ब्राजिल दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर