एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार तेस्रो जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार तेस्रो जित

असोज २६, काठमाडौं । न्युजिल्याण्डले भारतमा जारि आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार तेस्रो खेलमा जित हात पारेको छ ।

शुक्रबार चेन्नेईमा भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै लगातार तेस्रो खेलमा जित हात पारेको हो ।

जितको लागि बंगलादेशले दिएको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले ४२ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

न्युजिल्याण्डका लागि डेरिन मिशेलले अविजित ८९ रन बनाउँदा कप्तान केन विलियम्सले ७८ रनमा रिटायड हर्ट लिएका थिए ।

यस्तै डेवोन कानवेले ४५ रन बनाउँदा रचिन रबिन्द्र ९ रनमा पोविलियन फर्किएका थिए । ग्लेन फिलिप्स १६ रनमा नटआउट रहे ।

बंगलादेशका मुस्तफिजुर रहमान र सकिब अल हसनले समान एक विकेट लिएका थिए ।

टस हारेर व्याटिङमा उत्रेकोे बंगलादेशले ९ विकेटको क्षतीमा २ सय ४५ रन बनाएको थियो । मुस्ताफजुर रहमानले ६६ रन बनाउँदा सकिब अल हसनले ४० रन बनाएका थिए ।

यसैगरि महमुदुल्लाहले अविजित ४१ रन, मेहदी हसन मेराजले ३० रन बनाउँदा अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

न्युजिल्याण्डका लागि लाकी फग्र्युसनले ३ तथा ट्रेन्ट बोल्ट र मेट हेनरीले समान २ विकेट लिए । ग्लेन फिलिप्स र मिचेल सेन्टनरले समान एक एक विकेट हात पारे ।

न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । बंगलादेशले ३ खेलमा मात्र एक खेलमा जित हात पारेको छ ।

सम्बन्धित खवर