एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतको लगातार तेस्रो जित - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतको लगातार तेस्रो जित

असोज २७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतले लगातार तेस्रो जित निकालेको छ ।

शनिबार अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै भारतले लगातार तेस्रो जित निकालेको हो ।

पाकिस्तानले दिएको १ सय ९२ रनको सामान्य लक्ष्य भारतले ३० दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो ।

भारतका लागि कप्तान रोहित शर्माले ८६ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । श्रेयस एयरले अविजित ५३ रन बनाउँदा सुभमन गिल र विराट कोहलीले समान १६ रन बनाए । केएल राहुल भने १९ रनमा अविजित रहे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले २ तथा हसन अलीले १ विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ बलमा अलआउट हुदैं १ सय ९१ रनमा समेटियो ।

पाकिस्तानका लागि बाबर आजमले ५० रन बनाउँदा मोहमद रिजवानले ४९ रन बनाएका थिए ।

यस्तै ओपनर इमाम उल हकले ३६ रन बनाउँदा अर्का ओपनर अब्दुल्लाह सफिकले २० रन बनाएका थिए । हसन अलीले १२ रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।

सम्बन्धित खवर