एसिसी यु–१९ प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिसी यु–१९ प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

असोज २८, काठमाडौं । नेपालले एसिसी यु–१९ प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट रंगशालामा आइतबार बहराइनलाई सात विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

बहराइनले प्रस्तुत गरेको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्याे ।

नेपालका लागि अर्जुन कुमाल र कप्तान देव खनालले अविजित रहँदै समान ३२ रनको योगदान गरे ।

बहराइनका लागि तीनै विकेट एनेस ओबाइद सायदले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएकोे थियो ।

बहराइनका लागि मोहम्मद बसिल अब्दुल हाकीमा ३४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित मात्र ४ रन खर्चिएर ६ विकेट लिए । दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।

लगातार दोस्रो जितसँगै समूह ‘ए’ को नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको थियो

अब नेपालले समूहको अन्तिम खेलमा कात्तिक २ मा साउदी अरेबियाको सामना गर्नेछ ।

 

सम्बन्धित खवर