एकदिवसीय विश्वकप क्रिकेटमा इंगल्याण्डमाथि अफगानिस्तानको जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा इंगल्याण्डमाथि अफगानिस्तानको जित

असोज २८, माङसेबुङ । एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित निकालेको छ ।

आइतबार भएको खेलमा अफगानिस्तानले साबिक बिजेता इंगल्याण्डलाई ६९ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

अफगानिस्तानले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २ सय १५ रन बनाउँदै अलआउट भएको थियो ।

इंगल्याण्डका ह्यारी ब्रुकले ६६ रन बानाउँदा डाविन मालनले ३२ रन, आदिल रसिदले २० रन बनाए । यसैगरि मार्क वुडले १८ रन बनाउँदा रिस टोप्लेले अविजित १५ रन, लाइम लिभिङस्टोन र साम करनले समान १०/१० रन बनाए ।

अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३/३ विकेट लिए भने मोहम्मद नाबीले २ र फजलहक आरुकी र नवीन उलहकले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि ओपनर रहमुल्लाह गुर्बाजले ८० रना बनाउँदा इक्राम अलिखिलले ५८ रन बनाएका थिए । यस्तै इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८ रन बनाए भने रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे ।

इंगल्याण्डका आदिल रसिदले ३ विकेट र मार्क वुडले २ विकेट लिदां रिस टोप्ले, लाइम लिभिङस्टोन र जोय रुटले समान १/१ विकेट लिए ।

 

सम्बन्धित खवर