त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेट टिमको घोषणा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली क्रिकेट टिमको घोषणा

असोज २९, काठमाडौं । नेपालले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टोली घोषणा गरेको छ ।

आज सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा सन्दीप लामिछाने भने छैनन् । उनले मानसिक दबाबमा रहेको तथा परिवारलाई समय दिने भन्दै आफ्नो नामा फिर्ता लिएका थिए ।

कत्तिक १ देखि १० गतेसम्म मुलपानी त्रिभुवन विश्वद्यिलयको क्रिकेटमैदमा हुने शृंखलमा नेपाल, युएई र हङकङ सहभागी छन् ।

नेपालले कात्तिक १ मा युएईसँग खेल्दै प्रतियोगिताको सुरुवाात गर्दैछ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । सबै खेल बिहान ११ बजे हुनेछ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ, लोकेश बम

 

सम्बन्धित खवर