एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको पहिलो जित - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको पहिलो जित

असोज २९, काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ ।

लखनउस्थित एकान क्रिकेट रंगशालमा सोमबार भएको खेलमा श्रीलंकालाई पाँच विकेटले हराउँदै अस्ट्रेलियाले पहिलो जित निकालेको हो ।

श्रीलंकाले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा पाँच विकेट गुमाएर पुरम गर्यो ।

अस्ट्रेलियाका लागि जोश इङ्लिसले ५८ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ५२ रन, मार्नुस लाबुसेनले ४० रन, ग्लेन म्याक्सवेलले अविजित ३० रन, मार्कुस स्टोइनिसले अविजित २० रन र डेविड वार्नरले ११ रन बनाए ।

श्रीलंकाका लागि दिलसन मदुसन्काले तीन र डुनिथ विलालागेले १ विकेटले लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल परेराले ७८ रनको योगदान गरे । यसैगरी पाथुम निसान्काले ६१ रन र चरिथा अस्लंकाले २३ रन बनाए । तर अन्य ब्याटरको राम्रो साथ नपाउँदा श्रीलंकाले बलियो योगफल खडा गर्न सकेन ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, मिचेल स्टार्च र जोश हेजलउडले समान दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

जितसँगै अस्ट्रेलियाले तीन खेलमा दुई अंक जोड्दा तीनै खेलमा पराजय व्यहोरेको श्रीलंका अंकविहिन छ ।

सम्बन्धित खवर