विश्वकप छनोटमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

असोज ३०, दमक । विश्वकप फुटबलको एसिया छनोटमा नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

घरेलु टोली लाओसलाई मंगलबार भएको दोस्रो लेगको खेलमा १–० गोल अन्तरले पराजित गर्दे समग्रमा २–१ को नतिजा सहित नेपाल दोस्रो चरण प्रवेश गरेको छ ।

नेपालको जितमा मनिष डाँगीले खेलको ५३ औं मिनेटमा एकमात्र विजयी गोल गरे । उनले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेको गोलनै नेपालको जितका लागि काफी बन्यो ।

दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा नेपालको खतरा टार्दै कप्तान किरण चेम्जोङले पाहुना टोलीको अग्रतालाई जोगाएका थिए ।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे । नेपालले अब समूह एचमा बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।

 

सम्बन्धित खवर