विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित, मेस्सीको दूई गोल - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटमा अर्जेन्टिनाको सहज जित, मेस्सीको दूई गोल

कातिक १, दमक । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।

बुधबार लियोनल मेस्सीको दुई गोलको सहयोगमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले हराउँदै सहज जित निकालेको हो ।

अर्जेन्टिनाको जितमा खेलको ३२ औं मिनेटमा मेस्सीले गोल गोल गर्दै अग्रता दिलाएका थिए ।


पहिलो हाफ सकिन तीन मिनेट अघि मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

अर्जेन्टिनाले छनोटका सुरुआती चारवटै खेलमा जित निकालेको छ । अर्जेन्टिना १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

पेरुले लिग चरणको चार खेलबाट मात्र १ अंक बटुलेको छ ।

सम्बन्धित खवर