त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको विजयी सुरुवात - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको विजयी सुरुवात

कातिक १, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले शानदार विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ रन, आसिफ शेखले २३ रन र कुशल मल्ल ११ रन बनाएर आउट भएका थिए ।

यूएईका अल नासिर र निलांश केसवानीले समान एक–एक विकेट हात पारेका थिए ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए । अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए ।

नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक–एक विकेट हात पारे ।

टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् ।

नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।

सम्बन्धित खवर