त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

कातिक २, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

बिहिबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सानदार जित हात पारेको हो ।

हङकङले प्रस्तुत गरेको ९५ रनको मध्यम लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर आसिफ शेखले ४२ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । गुल्सन झा १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८ रन, कुशल मल्लले १ रन र सन्दीप जोराले ३ रन बनाएका थिए ।

हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन र जिसान अलीले १७ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालका लागि तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो ।

नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिए ।

नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

सम्बन्धित खवर