नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाईनलमा प्रवेश - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाईनलमा प्रवेश

कातिक २, काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार विहान भएको समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनको फराकिलो अन्तरले हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय ४८ रनको लक्ष्य पछ्याएको साउदी १९ ओभर १ बलमा मात्र ४६ रनमा अलआउट भयो ।

वरुण सरवनन मुदलियारले बनाएको ११ रन, बाहेक साउदीका कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका दिपेश कँडेलले एक्लै ६ विकेट लिएपछि साउदीको ब्याटिङ लाइन धरासायी बनेको थियो । आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट झारेका थिए ।

टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो ।

नेपालको जितमा अर्जुन कुमालले १ सय ४२ रनको शानदार शतकीय इनिङ्स खेलेका थिए । आकाश त्रिपाठीले ८९ रनको अर्धशतकिय योगदान गरे ।

ओपनर दिपक बोहराले २९ रन बनाउँदा बिशाल बिक्रम केसीले अविजित २४ रन बनाए । दिपक प्रसाद डुम्रे र दिपेश कँडेलले समान १४ रन र मिलन बोहराले ९ रन बनाएका छन् । कप्तान देव खनाल शुन्य रनमा पोविलियन फर्किएका थिए ।

साउदीका मुहमद अमद राजा र मुहमद अहमदले समान २ तथा अब्दुल्लाह सिराज, जुहिर मुहमद र सजिव मुजिवुर रहमानले समान एक एक विकेट लिएका छन् ।

प्रतियोगितामा शीर्ष तीन टिमले यू–१९ एसिया कपमा स्थान बनाउनेछन् । नेपाल प्रतियोगिताको उपाधि जित्ने लक्ष्य सहित मलेसियामा रहेको छ ।

सम्बन्धित खवर