हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

कातिक ४, काठमाडौं । घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको सिरिजको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै एक खेल अगावै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि अन्शुमन रथले ४५ रन, अइजाज खानले २५ रन, बाबर हायतले २० रन, हारुन अर्शदले १२ रन र स्कट म्याकेचीले ११ रन बनाए ।

नेपालका लागि करण केसी, ललितनारायण राजवंशी र सोमपाल कामीले समान दूई ताथ प्रतिश जिसी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ४१ बलमा ३ चौका र ९ छक्काको मदतले ९२ रनको योगदान गरे । दिपेन्द्र सिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

ओपनर कुशल भुर्तेललाई २ रन र आसिफ शेखलाई २० रनमा गुमाएको नेपालका लागि सोमपाल कामीले ८ रन र रोहित पौडेलले ११ रन बनाएका थिए । सन्दीप जोरा र गुल्सन झा समान १ रनमा नटआउट रहे ।

हङकङका हारुन अर्शद र मोहम्मद गजनफरले समान दुई विकेट लिए । आयुश शुक्ला र अजाज खानले समान एक विकेट झारेका थिए ।

 

सम्बन्धित खवर