एसिसी प्रिमियर कपको फाइनल प्रवेश गरेसँगै नेपाल यु–१९ एसिया कपमा छनोट - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसिसी प्रिमियर कपको फाइनल प्रवेश गरेसँगै नेपाल यु–१९ एसिया कपमा छनोट

कातिक ४, काठमडौं । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बायोमास ओभरमा वर्षाले प्रभावित पहिलो सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लुइस पद्धतिमा १ सय ४४ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै नेपालले एसिसी यु–१९ एसिया कपमा समेत छनोट भएको छ ।

नेपालले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको जापानले ११.३ ओभरमा सबै विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सक्यो ।

जापानका लागि सान्तारो हिरातसुकाले १५ र केइफर यामामोटो लाकेले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान तीन, सुवास भण्डारीले दुई र अकाश भण्डारीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा दुई विकेट गुमाउँदै १ सय ४० रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपछि नेपालको ब्याटिङ सम्भव नभएपछि जापानलाई १ सय ८३ रनको लक्ष्य दिइएको थियो ।

नेपालका लागि दीपक बोहराले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी आकाश त्रिपाठीले अविजित ३५ रन, अर्जुन कुमालले १० रन र कप्तान देव खनालले अविजित ८ रन बनाए ।

जापानका लागि कप्तान काजुमा कातो स्याटफोर्ड र केइफर यामामोटो लाकेले समन एक विकेट लिए ।

नेपाल समूह ‘ए’ तथा जापान समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

 

सम्बन्धित खवर