आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित


कातिक ४, काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ ।

लखनउस्थित एकान क्रिकेट मैदानमा भएको खेलमा नेदल्यान्ड्सलाई पाँच विकेटको हराउँदै श्रीलंकाले पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले ४८.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो ।

श्रीलंकाको जितमा सदिरा समराविक्रमाले अविजित ९१ रनको योगदान गरे । यसैगरी पथुम निसन्काले ५४ रन, चरिथा अस्लंकाले ४४ रन, धनन्नजय डि सिल्भाले ३० रन र कप्तान कुशल मेन्डिसले ११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्तले तीन तथा पउल भान मिक्रेन र कोलिन एकरम्यानले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा सबै विकेट गुमाउने २ सय ६२ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्गलब्रेचले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी लोगनभान बिकले ५९ रन, कोलिन एकरम्यानले २९ रन, कप्तान स्कट एड्वार्डस र म्याक ओ’डोउडले समान १६ रन बनाए ।

श्रीलंकाका लागि दिलशन मदु्शनका र कासुन रजिथाले समान चार तथा मेहश तिक्क्षणाले एक विकेट लिए

जितसँगै श्रीलंकाले चार खेलमा दुई अंक जोडेको छ । पराजय व्यहोरेको नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक नै छ ।

सम्बन्धित खवर