एकिदवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको सानदार जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकिदवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको सानदार जित

कातिक ४, काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले सानदार जित निकालेको छ ।

शनिबार मुम्बिईस्थित वान्खडे क्रिकेट स्टेडियममा भएको खेलमा साबिक विजेता इङ्ल्यान्डलाई २ सय २९ रनले हराउँदै दक्षिण अफ्रिकाले सानदार जित निकालेको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २२ ओभरमा १ सय ७० रनमा अलआउट भयो ।

इङ्ल्यान्डका लागि मार्क उडले अविजित ४३ रन, गुस एट्किन्सनले ३५ रन, ह्यारी ब्रुकले १७ रन बनाए । यस्तै कप्तान जोश बट्लरले १५ रन, डेविड विलीले १२ रन तथा आदिल राशिद र जोनी बेयरिस्टोले समान १० रन जोडे ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोएट्जीले तीन, लुङ्गी एनगिडी र मार्को जेनसले समान दुई तथा कागिसो राबडा र केशव महाराजले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ६७ बलमा १२ चौका र चार छक्काको मद्दतले सर्वाधिक १ सय ९ रनको शतकिय योगदान गरे । रिजा हेन्ड्रिक्सले ८५ रन बनाए ।

यस्तै मार्को जेनसनले ७५ रन, रस्सी भान डेरले ६० रन र कप्तान एडेन मार्करमले ४२ रन जोडे ।

इङ्ल्यान्डका लागि रिस टोप्लीले तीन तथा गस एट्किन्सन र आदिल राशिदले समान दुई विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिकाले चार खेलमा ६ अंक जोडेको छ । पराजय व्यहोरेको इङ्ल्यान्डको समान खेलबाट दुई अंक छ ।

 

सम्बन्धित खवर