कातिक ५, माङसेबुङ । घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार पाँचौ जित निकालेको छ ।
आइतबार धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघ रंगशालामा भएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले लगातार पाचांै जित निकालेको हो ।
भारतको जितमा विराट कोहलीले १ सय ४ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे ।
यसैगरी कप्तान रोहित शर्माले ४६ रन, रविन्द्र जडेजाले अविजित ३९ रन, श्रेयश अय्यरले ३३ रन, केएल राहुलले २७ रन र शुभमन गिलले २६ रन बनाए ।
न्युजिल्यान्डका लागि लोकि फर्गुसनले दुई तथा ट्रन्ट बोल्ट, मिचेल स्यान्टनर र म्याट हेनरीले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ७३ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले सर्वाधिक १ सय ३० रनको योगदान गरे । यसैगरी रचिन रविन्द्रले ७५ रन, ग्लेन फिलिप्सले २२ रन र विल योङ्गले १७ रन बनाए ।
भारतको जितका लागि मोहम्मद शामीले पाँच विकेट लिए । यसैगरी कुलदीप यादवले दुई तथा जसप्रित बुमराह र मोहम्मद सिराजले समान एक विकेट लिए ।
जित सँगै भारत पाँच खेलमा १० अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पहिलो पराजय व्यहोरेको न्युजिल्यान्ड समान खेलबाट आठ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पुरा ग¥यो ।