ला लिगा : बार्सिलोनाको कठिन जित, डेब्युको ३३ सेकेन्डमै मार्कको गोल - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : बार्सिलोनाको कठिन जित, डेब्युको ३३ सेकेन्डमै मार्कको गोल

कातिक ६, माङसेबुङ । बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ ।

घरेलु मैदानमा मार्क गुइउले डेब्यु गरेको ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले एथलेटिको बिलबाओलाई १–० ले हराउँदै जित निकालेको हो ।

१७ वर्षका स्पेनिस फरवार्ड ७९ औं मिनेटमा अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा मैदान छिरेका थिए । लगत्तै उनले बार्सिलोनाका लागि गोल गरे ।

क्लब इतिहासमा बार्सिलोनाका लागि सबैभन्दा छिटो गोल गर्ने मार्क गुइउ पहिलो खेलाडी बनेका छन् ।

गुइउ बार्सिलोनाको एकेडेमीका खेलाडी हुन् । उनी सन् २०१२ मा ला मासियामा आबद्ध भएका थिए ।

जित सहित बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र शीर्ष स्थानको रियल मड्रिडसँगको दुरी एक अंकमा झारेको छ ।

 

सम्बन्धित खवर