नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि यूएईसँग भिड्ने - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि यूएईसँग भिड्ने

कातिक ८, काठमाडौं । नेपालले काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि यूएईसँग खेल्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेसँगै नेपालसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो ।

चारै खेलमा शानदार जित सहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ । समान एक खेलमा जित हात पारेपनि हङकङको तुलानमा यूएईको रनरेट राम्रो देखिएकोले फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबारको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गर्यो । हङकङले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको यूएई ५ विकेट गुमाएर १ सय ४३ रनामा अलआउट भयो । यूएईका खालिद साहले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

सुरुआती ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । हङकङका लागि मार्टिन कोइत्जीले सर्वाधिक ८६ रन बनाएका थिए । बाबर हायातले २० बलमा अविजित ६० रनको विस्फोटक इनिङ्स खेलेका थिए ।

सिरिजको उपाधिका लागि शुक्रबार त्रिवि मैदानमा नेपाल र यूएईले खेल्नेछन् ।

सम्बन्धित खवर