एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको सानदार जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको सानदार जित

कातिक ८, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सानदार जित निकालेको छ ।

बुधबार दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ३ सय ९ रनको सानदार जित निकालेको हो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा ९० रनमै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले २५ रन, तेजा निदामानुरुले १४ रन, कप्तान स्टक एड्वार्डसले अविजित १२ रन कोलिन एकरम्यानले रन १२ र साइब्रान्ड एन्गलब्रेचले ११ रन मात्र जोडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले चार, मिचेल मार्शले दुई तथा जोश हेजलउड, मिचेल स्टार्च र प्याट कमिन्सले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याम्सवेलले ४४ बलमा नौ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय ६ रनको योगदान गरे ।

यससँगै म्याक्सवेलले सबैभन्दा कम बलमा विश्वकपमा शतक बनाउने कीर्तिमान कायम गरेका छन् । उनले यसै विश्वकपमा दक्षिण अफ्रिकाका एडेन मार्क्ररमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

यसैगरी डेविड वार्नरले १ सय ४ रन, स्टिभ स्मिथले ७१ रन, मार्नुस लाबुसेनले ६२ रन, जोश इङ्लिसले १४ रन र कप्तान प्याट कमिन्सले अविजित १२ रन जोडे ।

नेदरल्यान्ड्सका लागि लोगन भा बिकले चार, बास डि लिडेले दुई र आर्यन दत्तले एक विकेट लिए ।

यस जितसँगै लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया पाँच खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ । चौथो पराजय व्यहोरेको नेदरल्यान्ड्स समान खेलबाट दुई अंकका साथ पुछारमा रहेको छ ।

सम्बन्धित खवर