एकदिवसीय विश्वकप क्रिकेटमा इङल्यान्डमाथि श्रीलंकाको सानदार जित - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा इङल्यान्डमाथि श्रीलंकाको सानदार जित

कातिक ९, माङसेबुङ । श्रीलंकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा सानदार जित निकालेको छ ।

बिहिबार बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा भएको खेलमा साबिक विजेता इङ्ल्यान्डलाई ८ विकेटले हराउँदै सानदार जित निकालेको हो ।

इङ्ल्यान्ड्ले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य श्रीलंकाले २५.४ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्यो ।

श्रीलंकाका लागि निसन्काले अविजित ७७ रनको योगदान दिए । यसैगरी समराविक्रमाले अविजित ६५ रन बनाउँदा कप्तान कुशल मेन्डिसले ११ रन बनाए ।

इङ्ल्यान्डका लागि दुवै विकेट डेविड विलीले लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले ४३ रन, जोनी बेरिस्टोले ३० रन, डेविड मिलानले २८ रन, मोइन अलीले १५ रन र डेविड विलीले अविजित १४ रन बनाए ।

श्रीलंकाका लागि लाहिरु कुमाराले ३, एन्जेलो म्याथ्युज र कासुन रजिथाले समान दुई तथा महेश तिक्क्षणाले एक विकेट लिए ।

यसैगरी यसअघि दक्षिण अफ्रिकासँग १ सय २ रन, पाकिस्तानसँग ६ र अस्ट्रेलियासँग पाँच विकेको हार व्यहोरेको श्रीलंकाले नेदरल्यान्ड्सलाई पाँच विकेटले स्तब्ध बनाएको थियो ।

यो जितसँगै लगातार दोस्रो जित निकालेको श्रीलंकाले पाँच खेलमा चार अंक जोडेको छ । चौथो पराजय व्यहोरेको इङ्ल्यान्डको समान खेलबाट दुई अंक छ ।

सम्बन्धित खवर