नेपाललाई हराउँदै त्रिकोणात्मक टी–२० आई सिरीजको उपाधि युएईलाई - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाललाई हराउँदै त्रिकोणात्मक टी–२० आई सिरीजको उपाधि युएईलाई

कातिक १०, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरीजको उपाधि युएईले जितेको छ ।

शुक्रबार कीर्तिपुरको त्रिवि अन्तराष्ट्रि क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै युएईले उपाधि जितेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदा ६ विकेट गुमाउँदै पुरा गर्यो ।

युएईको जितमा कप्तान मोहम्मद वासिमले ४५ रन, वृत्य अरविन्दले २६ रन, आर्यन्श शर्माले २५ रन, बसिल हामिदले अविजित २२ रन, अलिशान शराफुले १३ रन र अली नासिरले ११ रन बनाए ।

नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान दुई तथा कुशल मल्लले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले २८ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे ।

यसैगरी करण केसीले अविजित २३ रन, दीपेन्द्रसिंह ऐरीले २० रन, कप्तान रोहितकुमार पौडेलले १८ रन, सोमपाल कामीले १३ रन र सन्दीप जोराले १० रन बनाए । आसिफ भने सात रन बनाएर आउट भए ।

युएईका लागि आयन अफ्जल खानले चार, जाहुर खान र अली नासिरले समान दुई तथा जुनैद शिद्धिकीले एक विकेट लिए ।

सम्बन्धित खवर