एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

कातिक १०, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको छ ।

शुक्रबार चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा भएको खेलमा पाकिस्तानलाई १ विकेटले हराउँदै दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय ७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा एडेन मार्क्ररमले सर्वाधिक ९१ रनको योगदान गरे । यसैगरी डेविड मिलरले २९ रन, कप्तान टेम्बा बाभुमाले २८ रन, क्विनटन डिककले २४ रन, रस्सी भान डेर डुसेनले २१ रन, मार्को जेनसनले २० रन, हेनरिच क्लासेनले १२ रन र जेराल्ड कोएटजीले १० रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन तथा हरिस रौफ, मोहम्मद वसिम र उस्मा मिरले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रन बनाएको थियो ।

पाकिस्तानका लागि साउद सकिलले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी कप्तान बाबर आजमले ५० रन, शादब खानले ४३ रन, मोहम्मद रिजवानले ३१ रन, मोहम्मद नवाजले २४ रन, इफ्तिखर अहमदले २१ रन र इमान उल हकले १२ रन बनाए ।

दक्षिण अफ्रिकाको लागि ताबरेज शाम्सीले चार, मार्को जेनसनले तीन, जेराल्ड कोएटजीले दुई र लुङ्गी एनगिडीले एक विकेट लिए ।

पाँचौं जितसँगै ६ खेलमा १० अंक जोडेको दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । चौथो पराजय व्यहोरेको पाकिस्तान समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

 

सम्बन्धित खवर