एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

कातिक ११, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको छ ।

शनिबार धर्मशालास्थित हिमान्चल क्रिकेट संघ रंगशालामा भएको खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि पाँच रनको रोमाञ्चक जित निकालेको हो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन मात्र बनायो ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले सर्वाधिक १ सय १६ रनको योगदान गरे । जेम्स निशमले ५८ रन बनाए ।

यसैगरी ड्यारिल मिचेलले ५४ रन, विल योङ्गले ३२ रन, डिभोन कोन्वेले २८ रन, कप्तान टोम लाथमले २१ रन, ग्लेन फिलिप्सले १२ रन र ट्रेन्ट बोल्टले अविजित १० रन जोडे ।

अस्ट्रेलियाको जितमा लागि एडम जाम्पाले तीन जोश हेजलउड र कप्तान प्याट कमिन्सले समान दुई तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

यसअघि टस हारेर सुरुआती ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ८८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले १ सय ९ रनको योगदान गरे । यसैगरी डेभिड वार्नरले ८१ रन, ग्लेन म्याक्सवेलले ४१ रन, जोस इङ्लिसले ३८ रन, कप्तान प्याट कमिन्सले ३७ रन, मिचेल मार्सले ३६ रन, स्टेभन स्मिथ र मार्नुस लाबुसेनले समान १८ रन बनाए ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान तीन, मिचेल स्यान्टनरले दुई तथा म्याट हेनरी र जेम्स निशमले समान एक विकेट लिए ।

यससँगै चौथो जित निकालेको अस्ट्रेलिया ६ खेलमा ८ अंक जोडेर चौथो स्थानमा कायम छ । दोस्रो पराजय व्यहोरेको न्युजिल्यान्ड पनि समान खेलबाट ८ अंककै साथ तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर