एकदिवसीय विश्वकपमा बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा बंगलादेशमाथि नेदरल्यान्ड्सको सानदार जित

कातिक ११, माङसेबुङ । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ ।

शनिबार कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा नेदरल्यान्ड्सले बंगलादेशमाथि ८७ रनको सानदार जित निकालेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याएको बंगलादेश ४२ं.२ ओभरमा १ सय ४२ रनमा अलआउट भयो ।

बंगलादेशका लागि मेहदी हसन मिराजले ३५ रन, महमुदुल्लाह र मुस्ताफिजुर रहमानले समान २० रन, मेहदी हसनले १७ रन, तान्जिद हसनले १५ रन र तस्किन अहमदले ११ रन बनाए ।

नेदरल्यान्ड्सको जितमा पउल भान मिक्रेनले चार, बास डि लिडेले दुई तथा आयर्न दत्त, लागन भा बिक र कोलिन एकरम्यानले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको योगफल तयार पारेको थियो ।

नेदरल्यान्डका लागि कप्तान स्कट एडवार्डसले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विस्ली ब्ररेसीले ४१ रन, साइब्रान्ड एन्गलब्रेचले ३५ रन, लोगन भान बिकले अविजित २३ रन र कोलिन एकरम्यानले १५ रन जोडे ।

बंगलादेशका लागि सोरिफुल इस्लाम, तस्किन अहमद, मेहदी हसन र मुस्ताफिजुर रहमानले समान दुई तथा कप्तान साकिब अल हसनले एक विकेट लिए ।

दोस्रो जितसँगै ६ खेलमा चार अंक जोडेको नेदरल्यान्ड्स आठौं स्थानमा उक्लिएको छ । पाँचौं पराजय व्यहोरेको बंगलादेश समान खेलबाट दुई अंकका सात नवौं स्थानमा छ ।

सम्बन्धित खवर