ला लिगा : एल क्लासिकोमा बार्सिलोनामाथि रियलको जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला लिगा : एल क्लासिकोमा बार्सिलोनामाथि रियलको जित

कातिक ११, माङसेबुङ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको रोमाञ्चक प्रतिस्पर्धा एल क्लासिकोमा जित हासिल गरेको छ ।

शनिबार बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले हराउँदै रियलले एल क्लासिकोमा जित हासिल गरेको हो ।

रियलको जितमा बेलिङ्घमले दुई गोल गरे । बार्सिलोनाका लागि भने इल्काए गुन्डोगनले एक मात्र गोल गरे ।

गुन्डोगनले खेलको छैटौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यता रियलका लागि बेलिङ्घमले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काए । बेलिङ्घमले नै खेलको इन्जुरी समयमा गोल गर्दै रियललाई जित दिलाए ।

यो जितसँगै रियल शीर्षस्थानमा उक्लिएको छ । रियलले ११ खेलमा रियलको २८ जोडेको छ । दोस्रो स्थानमा रहेको जिरोनाको २८ अंक छ ।

सम्बन्धित खवर