आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली टोलीको घोषणा - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि नेपाली टोलीको घोषणा

कातिक ११, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

शनिबार रोहित कुमार पौडेलको कप्तानीमा क्यानले छनोटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टोलीमा लेग स्पिनर सन्दीप लामिछाने पनि रहेका छन् । घरेलु मैदानमा भएको त्रिकोणात्मक क्रिकेट सिरिजमा भने सन्दीप टोलीमा थिएनन् ।

टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

नेपाली टोली :

सम्बन्धित खवर