एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि अफगानिस्तानको जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि अफगानिस्तानको जित

कातिक १३, काठमाडौं । भारतमा जारी आइसिसी एकदवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि अफगानिस्तानले सहज जित निकालेको छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सहज जित निकालेको हो ।

श्रीलंकाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।

अफगानिस्ताको जितमा अज्मतुल्लाह ओमरजाइले सर्वाधिक ७३ रनको योगदान गरे भने रहमत शाहले ६२ रन बनाए । यसैगरी कप्तान हस्मतुल्लाह शाहिदीले अविजित ५८ रन र इब्राहिम जाद्रनले ३९ रन बनाए ।

श्रीलंकाका लागि दिलशन मदुशन्काले दुई र कासुन रजिथाले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।

श्रीलंकाका लागि पाथुम निसन्काले ४६ रन, कप्तान कुशल मेन्डिसले ३९ रन, सदिरा समराविक्रमाले ३६ रन, महेश तिक्क्षणाले २९ रन, एन्जेलो म्याथ्युजले २३ रन, चरिथ अस्लंकाले २२ रन र दिमुथ करुणारत्नेले १५ रन बनाए ।

अफगानिस्तानका लागि फजलहक फारुकीले चार, मुजिब उर रहमानले दुई तथा राशिद खान अज्मतुल्लाह ओमजाइले समान एक विकेट लिए ।

तेस्रो जितसँगै ६ खेलमा ६ अंक जोडेको अफगानिस्तान पाँचौं स्थानमा उक्लिएको छ । चौथो पराजय व्यहोरेको श्रीलंका समान खेलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।

सम्बन्धित खवर