लियोनल मेस्सीले जित्यो कीर्तिमानी आठौंं बालोन डी’ओर अवार्ड - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लियोनल मेस्सीले जित्यो कीर्तिमानी आठौंं बालोन डी’ओर अवार्ड

कातिक १४, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी आठौंं पटक बालोन डी ओरको अवार्ड जितेका छन् ।

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर जितेका हुन् ।

मेस्सीलाई यस वर्षको अवार्डको मुख्य दाबेदार मानिएको थियो । पेरिसमा सोमबार राती फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

सिटीका फरवार्ड हालाण्ड दोस्रो स्थानमा रहे भने पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे तेस्रो स्थानमा रहे । केभिन डी ब्रुएन चौथौं र रोड्री पाँचौं स्थानमा रहे ।

सन् २०२२ को विश्वकपको उपाधि यात्रामा मेस्सीले सबै नकआउट म्याचमा गोल गरेका थिए । क्लब फुटबलमा पीएसजीलाई लिग वान जिताउन १६ गोल र १६ गोलको अवसर सिर्जना गरेका थिए ।

मेस्सीपछि रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन् ।

सम्बन्धित खवर