टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

टी–२० विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, सेमिफाइनलमा प्रवेश

कातिक १४, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

मलेसियाले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा कुशल मल्लले ६५ रनको शानदार इनिङ्स खेले । यस्तै ओपनरद्धय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३२ रन र कप्तान रोहित पौडेल २ रनमा पोविलियन फर्कदा सन्दीप जोरा १८ र विवेक यादव २ रनमा नटआउट रहे ।

मलेसियाका मुहमद आमिरले ३ तथा प्रविनदीप सिंहले एक विकेट हात पारेका थिए ।

यसअघि, पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

ओपनर सैयद अजीजले ६८ रन र जुबैदी जुल्किफले २४ रन बनाउँदै मलेसियालाई शानदार सुरुआत दिलाएका थिए ।

नेपालका अविनाश बोहोराले ४ विकेट लिए । रोहित पौडेल, गुल्सन झा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।

नेपालले समूह चरणका दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित खवर