एकदिवसीय विश्वकप क्रिकेटमा बंगादेशमाथि पाकिस्तानको सहज जित - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकप क्रिकेटमा बंगादेशमाथि पाकिस्तानको सहज जित

कातिक १४, माङसेबुङ । पाकिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित हासिल गरेको छ ।

मंगलबार कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा बंगलादेलाई सात विकेटले पराजित गर्दै सहज जित हासिल गरेको हो ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा फखर जमानले सर्वाधिक ८१ रन बनाए । यसैगरी अब्दुला शफिकले ६८ रन, मोहम्म रिजवानले अविजित २६ रन र इफ्तिखर अहमदले अविजित १७ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।

बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी लिटोन दासले ४५ रन, कप्तान साकिब अल हसनले ४३ रन र मेहदी हसन मिराजले २३ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र मोहम्मद वासिमले समान तीन, हरिस रौफले दुई तथा इफ्तिखर अहमदले एक विकेट लिए ।

जितसँगै सात खेलमा ६ अंक जोडेको पाकिस्तान पाँचौं स्थानमा उक्लिएको छ । छैटौं पराजसँगै दुई अंक जोडेर नवौं स्थानमा रहेको बंगालदेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

सम्बन्धित खवर