एकदिवसीय विश्वकपमा भारतको लगातार सातौं जित, सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा भारतको लगातार सातौं जित, सेमिफाइनलमा प्रवेश

कातिक १६, माङसेबुङ । घरेलु टोली भारत लगातार सातौं जित निकाल्दै आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा बिहीबार भएको खेलमा श्रीलंकालाई ३ सय २ रनले हराउँदै भारत लगातार सातौं जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारतले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अलआउट भयो ।

श्रीलंकाका लागि कासुन रजिथाले १४ तथा महेश तिक्क्षणा र एन्जेलो म्याथ्युजले समान १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतक जितमा मोहम्मद शामीले पाँच विकेट लिए । यसैगरी मोहम्मद सिराजले तीन तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ५७ रन बनाएको थियो ।

भारतका लागि शुभमन गिलले सर्वाधिक ९२ रनको योगदान गरे । यस्तै विराट कोहलीले ८८ रन, श्रेयश अय्यरले ८२ रन, रविन्द्र जडेजाले ३५ रन, केएल राहुलले २१ रन र सूर्यकुमार यादवले १२ रन जोडे ।

श्रीलंकका लागि दिलशन मदुशन्काले पाँच विकेट लिए । यसैगरी दुस्मन्था चमिराको नाममा एक विकेट रह्यो ।

जितसँगै भारत १४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पाँचौ पराजयसँगै समान खेलमा चार अंक जोडेको श्रीलंकाको भने सेमिफाइनलको सम्भावना समाप्त भएको छ ।

सम्बन्धित खवर