प्रथम महागुरु फाल्गुनन्द कप भोलिबाट सुरु - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रथम महागुरु फाल्गुनन्द कप भोलिबाट सुरु

कातिक १६, माङसेबुङ । इलामको माङसेबुङमा ‘प्रथम महागुरु फाल्गुनन्द कप २०८०’ फुटबल प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुदैंछ ।

माङसेबुङ गाउँपालिका ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भोलि शुक्रबार हुने उद्घाटन खेलमा आयोजक निलोले एल.एफ.सी लामिटारसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै भोलि नै हुने दोस्रो खेलमा एन.वाई.सी. इलामले झिल्के युवा समाजको सामना गर्दैछ ।

राष्ट्रिय बिभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्तीको अवसरमा आत्मापवित्र खेलकुद समितिको सहकार्यमा युथ अफ माङसेबुङको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा आयोजक निलो, एल.एफ.सी लामिटार, माङसेबुङ ४, बिहानी क्लव दानाबारी, मिक्लाजुङ गाउँपालिका, चुक्चीनाम्बा एफ.सी., आशिस स्पोर्टिङ क्लव, फल्गुनन्द एफ.सी., एन.वाई.सी. इलाम, झिल्के युवा समाज, माङसेबुङ गाउँपालिका, युथ अफ माङसेबुङ, महमाई १, पि.वाई.सी, एकान्त युथ क्लव र एन.जे क्लव मझुवा गरि १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद २० हजार १ सय ३९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद १० हजार १ सय ३९, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलगायतलाई पनि उचित नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।

सम्बन्धित खवर