एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्समाथि अफगानिस्तानको सहज जित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्समाथि अफगानिस्तानको सहज जित

कातिक १७, माङसेबुङ । भारतमा जारी आइसिसी एदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ ।

शुक्रबार लाखनउस्थित एकान क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै अफगानिस्तानले सहज जित निकालेको हो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१.३ ओभरमा तीन विकेट गुमाएर पुर्यो ।

अफगानिस्तानको जितमा कप्तान हस्मतुल्लाह शहिदीले ६४ बलमा ६ चौकाको मद्दतले अविजित रहँदै ५६ रनको योगदान गरे ।

यसैगरी रहमत शाहले ५२ रन, अज्मतुल्लाह ओमरजाइले अविनित ३१ रन, इम्रान जाद्रनले २० रन र रहमनुल्लाह गुर्बाजले १० रन बनाए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बिक, रोलेफ भान डेर मार्वी र सकिब जुल्फिकरले समान एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

नेदरल्यान्डसका लागि साइब्रान्ड एन्गलब्रेचले ८६ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे ।

यसैगरी म्याक्स ओ’ डोउडले ४२ रन, कोलिन एकरम्यानले २९ रन, रोलेफ भान डेर मार्वीले ११ रन र आयर्न दत्तले अविजित १० रन बनाए ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले तीन, नुर अहमदले दुई र मुजिब उर रहमानले एक विकेट लिए ।

जितसँगै सात खेलमा आठ अंक जोडेको अफगानिस्तानले सेमिफाइनल सम्भावन जिवितै राखेको छ भने पाँचौं पराजयसँगै समान खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्सको सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

सम्बन्धित खवर